मोरङ : मोरङको बिराटनगर महानगरपालिका १६ दक्षिण गेट बाट अवैध औषधी प्रहरीले बरामद गरेको छ ।
हिजो बेलुका इलाका प्रहरी कार्यालय रानी सिमाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा Mamofen ३५ प्याकेट, AQUAPAM ३५ प्याकेट, Dextomid ४ प्याकेट, Erypeg 50 १० पिस, Duvadilan १० पिस, Stpase २ प्याकेट, Bevac २ प्याकेट र Targocid १५ प्याकेट औषधी प्रहरीले बरामद गरेको हो ।
बरामद भएका अन्दाजि ३ लाख ९० हजार ७ सय ५२ रुपैया बराबरको औषधी इलाका प्रहरी कार्यालय रानी सिमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post