मोरङ : मोरङको कटहरी गाउँपालिका७ तकिया रोड भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज दिउँसो उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश १ ०२ ००१ क ३८९ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को २२ प ७८२३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ग्रामथान गाउँपालिका ६ का ३३ वर्षीय पप्पु सहनीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
घटनामा संलग्न ठक्कर दिने टिफर र चालक जिल्ला काभ्रे पाँचखान नगरपालिका ६ का ५९ वर्षीय श्याम बहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।



















Discussion about this post