मोरङ : मोरङको सुनवर्षी नगरपालिका १ मा एक महिलाको शव फेला परेको छ ।
बजार जान्छु भनेर घरबाट हिँडेकी एक महिलाको शव फेला परेको हो ।
झापाको दमक घर भइ सुनवर्षी नगरपालिका १ रेसम टोलमा रहेको माइती घरमा बस्दै आएकी ३२ वर्षीया गीता बिकको शव फेला परेको हो ।
प्रहरीका अनुसार गीता आइतबार दिउँसो २ बजे बजार जान्छु भन्दै घरबाट हिडेकी थिइन् । तर उनी रातिसम्म आइनन् ।
राति अबेरसम्म घर नआएकी उनको शव माइती घरको सिडीमा फेला परेको प्रहरीले जनाएको छ ।
घटना शंकास्पद रहेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।












Discussion about this post