मोरङ : मोरङको रतुवामाई नगरपालिका १ बाट अवैध रुपमा बालुवा बोकेको ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी गस्ति टोलीले रतुवामाई १ मा भारतिय द्यच्घडढ(द्दण्द्द नम्वरको ट्रयाक्टर नेपाल प्रवेश गरी अवैध रुपमा बालुवा भारत तर्फ लादै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
बालुवा सहित नियन्त्रणमा लिएको उक्त ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post