झापा : झापाको विभिन्न स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउँदै गरको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
झापाको सीमावर्ती क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय काँकडभिट्टा, प्रहरी चौकी सतिघट्टा र अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा भन्सार छली चोरी, पैठारी गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार घर्रामा प्रयोग हुने १५० जोर स्लाईड च्यानल, २५ केजी, सुपाडी, कपडा र खाधान्नका सामान समेत गरी अन्दाजी २ लाख ४० लाख ५ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको छ ।
बरामद गरेको समान आवश्यक मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।












Discussion about this post