विराटनगर : विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ ।
विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो ।
सुकुम्बासी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।
मेयर कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए ।
उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्य चौकी लगायतका आधारभूत सुविधासहितको एकीकृत बस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको बताए ।














Discussion about this post