विराटनगर : झापा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको करीब १० लाख ५७ हजार बराबरको अवैध सामग्रीहरू प्रहरीले बरामद गरेको छ ।
सीमावर्ती क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीले भन्सार छली, चोरी निकासी गरी अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारका रेडिमेड कपडा, लेहेङगा साडी, थान कपडा, खाद्यान्नका सामाग्री र मोटरपार्टस लगायतका समानहरू प्रहरीले बरामद गरेको हो ।
झापा जिल्लाका विभिन्न स्थानहरूबाट ४ लाख ३० हजार रुपैयाँ बराबरको र मोरङ जिल्लाका विभिन्न स्थानहरूबाट ६ लाख २७ हजार रुपैयाँ बराबरको अवैध सामग्री प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएका समानहरू सम्बन्धित भन्सार कार्यालयहरूमा बुझाइएको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।














Discussion about this post