धनकुटा : धनकुटामा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका ४ स्थित मुढे-लेगुवा सडक खण्डमा को २ त ७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्याक्टर चालक संखुवासभा मादी नगरपालिका ९ का ३० वर्षीय गुणन बिश्वकर्मा रहेका छन् ।
बाटो अफ्ट्यारो र तीव्र गति भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post