इटहरी : इटहरी उपमहानगरपालिकाले जनप्रतिनिधि र सरकारी कर्मचारीहरूलाई उत्पन्न हुने तनाव व्यवस्थापन गर्ने तालिम दिएको छ ।
जनप्रतिनिधि र कर्मचारीहरूलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको हो ।
तनावपूर्ण वातावरणले कर्मचारीको निर्णय क्षमतामा असर नपरोस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
कर्मचारीलाई सदाचारी पेशागत जीवन बिताउनका लागि प्रेरित गर्न र कर्तव्यप्रति प्रतिबद्व गराउन तालिम राखिएको पौडेलले बताए ।
अत्यधिक थकान, काममा नियमित अनुपस्थिति, काम गर्नै मन नलाग्ने, कार्यक्षेत्रमा झगडा, उत्प्रेरणाको अभाव, आत्मबलमा कमी जस्ता समस्या देखेपछि तनाव व्यवस्थापनको तालिम राखिएको उनले बताए ।
उनका अनुसार जनताको सीधा सम्पर्कमा रहने इटहरी उपमहानगरपालिकाका कर्मचारीलाई जनसम्पर्क प्रभावकारी बनाउने तरिका सिकाइएको थियो ।
तालिममा उपमेयर संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, वडाध्यक्षहरूसहित कर्मचारीहरुलाई तालिम दिइएको थियो ।
जीवन विज्ञान प्रतिष्ठान कोसी प्रदेश समितिको सहकार्यमा भएको तालिम कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपालले तनाव व्यवस्थापनबारे सहजीकरण गरे ।














Discussion about this post