मोरङ : विराटनगर महानगरपालिका १५ १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ८ ग्राम ७८ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय जंगमनी मगर समेत दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को २७ प ८८९५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङकीको कभरको भित्री भागमा लुकाई ल्याएको उक्त पदार्थ फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।












Discussion about this post