Friday, July 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बिनियोजन भएको बजेट वडाध्यक्षले अन्यत्र सार्न खोजेपछि स्थानीय आक्रोशित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २, २०७९
in समाचार
0
बिनियोजन भएको बजेट वडाध्यक्षले अन्यत्र सार्न खोजेपछि स्थानीय आक्रोशित
82
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु : सोलुखुम्बुको नेचासल्यान २ मा बन्दै गरेको सामुदायिक भवनका लागि प्रदेश सरकारद्धारा बिनियोजन भएको बजेट अन्यत्र खर्च गर्ने भएपछि स्थानीयबासी आक्रोशित भएका छन् ।

नेचासल्यान २ को केउरेनीमा निर्माणाधीन सामुदायिक भवनका लागि यस आर्थिक वर्षमा प्रदेश सरकारबाट बिनियोजन भएको ३० लाख बजेट वडाध्यक्ष सीताराम काफ्लेको अग्रसरतामा अन्यत्र लान खोजेपछि स्थानीयबासी आक्रोशित बनेका हुन् ।

आफ्नो ठाउँका लागि आएको बजेट अन्यत्र जाने भएपछि आँफूहरू आक्रोशित हुनुपरेको स्थानीय शिक्षक राजु निरौलाले बताए ।

उनका अनुसार केउरेनीमा बन्दै गरेको सामुदायिक भवनका लागि छुट्टिएको रकम निर्माणाधीन भवनलाई अलपत्र पारेर वडाध्यक्ष काफ्लेले भवन बनाउन अर्कै ठाउँमा सिफारिस गरेका कारण समस्या भएको हो ।

प्रदेश सरकारबाट बिनियोजित रकम नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीको घर नजिकै सार्वजनिक जग्गा नै नभएको ठाउँमा अर्को सामुदायिक भवन बनाउन २ नम्बर वडा कार्यालयले सम्झौताको लागि शहरी विकास तथा भवन कार्यालय ओखलढुंगालाई सिफारिस गरेपछि रुष्ट बनेको स्थानीयबासी निरौला बताउँछन् ।

वडाध्यक्षको उक्त कदमको हाल केउरेनीमा बसोबास गर्ने मात्र नभइ काठमाण्डौँसहित पूर्वी तराईमा बसोवास गर्दै आएका पुराना केउरेनीबासीहरू समेत आक्रोशित भएको रमेश निरौलाले बताए ।

योजना सारिएको विषयमा गाउँपालिका अध्यक्ष राई भने आँँफूले गल्ती गरेको नभइ वडाध्यक्षको गल्तीका कारण योजना अन्यत्र सरेको बताए ।

उनले भने, ‘स्थानीय स्तरमा वडाले गर्ने सिफारिसका कारण मेरो त्यो योजनामा केही हात छैन ।’

यता वडाध्यक्ष काफ्लेले भने योजना स्थानान्तरण हुनुमा आफ्नो हात नरहेको बताए । उनले भने, ‘यस वडामा ठुल्ठुला नेताहरू हुनुहुन्छ । म त अह्राएको काम गर्नेजस्तै भएको छु ।’ नेचा सल्यान २ भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री बलबहादुर केसीको वडा हो ।

योजना स्थानान्तरणका कारण नेचासल्यान २ नम्बरका वडाबासी दुई समूहमा विभाजित भएका छन् ।

योजना स्थानान्तरणको विषयमा भने शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाका निमित्त प्रमुख अनुज श्रेष्ठले योजनाको आफ्नै जग्गा नभएका ठाउँमा भवन निर्माणका लागि योजना ल्याएकाले सम्झौता हुन नसकेको बताए ।

योजना संचालनका लागि वडा र गाउँपालिकाको सिफारिसमा संचालन गर्ने भएपनि योजनाको भवन व्यक्तिको जग्गामा बन्ने नभइ योजनाकै जग्गा आवश्यक पर्ने भएकोले सम्झौता हुन नसकेको उनले बताए ।

Tags: आक्रोशसोलुखुम्बु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड
FEATURE BREAKING

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार राजनीतिक संकटको संघारमा पुगेको छ। नेपाली कांग्रेसले एमालेसँगको सत्ता सहकार्य अन्त्य...

सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द
FEATURE BREAKING

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

by टाकुरा न्यूज । इटहरी
असार ३२, २०८३
0

इटहरी : लामो समयदेखि निष्क्रिय रहेका सुनसरी र मोरङका सात वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। उद्योग, कृषि तथा...

हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

असार ३२, २०८३
इलामको रिखुवा खोलामा ३० करोडको पुल

इलामको रिखुवा खोलामा ३० करोडको पुल

असार ३२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा जोड

कोशीमा हिक्मत नेतृत्वको सरकार धरापमा, नयाँ सत्ता समीकरणको दौड

असार ३२, २०८३
सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

असार ३२, २०८३
हर्क साम्पाङको प्रश्न : सहकारी पीडितबारे घण्टी पार्टीको एजेण्डा के हो ?

स्वकीय सचिव नलिने हर्क साम्पाङको घोषणा, ‘त्यो रकम गरिब विद्यार्थीका लागि खर्च गरियोस्’

असार ३२, २०८३
क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीले धनकुटा कारागारमा सुरक्षा र मानव अधिकार चुनौती

असार ३२, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    801 shares
    Share 320 Tweet 200
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    462 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.