Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जनता क्याम्पसमा गायक प्रताप दाससँगै रमाए विद्यार्थी, स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन आह्वान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र २, २०७९
in समाचार
0
जनता क्याम्पसमा गायक प्रताप दाससँगै रमाए विद्यार्थी, स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन आह्वान
171
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसमा गायक प्रताप दासले आफ्नो प्रस्तुति दिएका छन् ।

यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गर्दै बिहीबार (आज) नेविसंघ र समाजवादी विद्यार्थी युनियनको संयुक्त आयोजनामा भएको कार्यक्रममा गायक दासले प्रस्तुति दिएका हुन् ।

दासले आधा दर्जन बढी गीतहरू गाएका थिए। उनका गीतसँगै विद्यार्थीहरू उनीसँग रमाएका छन् ।

साथै, स्ववियुको निर्वाचनमा नेविसंघले नेतृत्व गरेको विद्यार्थी संगठनलाई जिताउन आह्वान गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेविसंघका निवर्तमान अध्यक्ष राजीव ढुंगानाले नेविसंघमा विचारको बहस हुने भएकाले जिताउनुपर्ने आह्वान गरे ।

‘यस क्याम्पसको भाग्य र भविष्य बदल्नका लागि नेविसंघले नेतृत्व गरेको टिमलाई बहुमतले विजयी गराउनुहुनेछ भन्ने विश्वास छ,’ ढुंगानाले भने, ‘अबको शिक्षा व्यवहारिक जीवन उपयोगी र रोजगारीमूलक हुनुपर्छ, यसका लागि नेविसंघले जित्न आवश्यक छ ।’

उनले जनता क्याम्पसलाई मूलुककै अब्बल बनाउनुपर्नेमा जोड दिए ।

इटहरीका नगर प्रमुख तथा कांग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेलले आँफू पनि यही क्याम्पसमा ०५७ सालमा नेविसंघबाटै स्ववियु सभापति भएका कारण इटहरीको शैक्षिक गुणस्तर वृद्धि गर्न काम गरिरहेको बताए ।

‘केही दिनअघि नेविसंघका साथीहरूले इटहरी अस्पतालमा छुट पाउनुपर्छ भनेर मलाई ज्ञापनपत्र बुझाउनुभएको थियो,’ नगर प्रमुख पौडेलले भने, ‘सबै विद्यार्थीले अस्पतालमा छुट पाउने कुरामा म प्रतिबद्धता व्यक्त गर्दछु म सबैलाई समान विभेद गर्ने छुट छैन ।’

उनले विचार र चेतनाको निर्माण गर्ने संगठन नेविसंघ रहेकाले जिताउन आह्वान गरे।

उनले भने, ‘स्वतन्त्रता, शान्ति, परिवर्तन र विकास चाहनेले नेविसंघलाई मत दिन आवश्यक छ, यो संगठनले आश्वासन मात्रै बाँडेर हिँड्दैन ।’

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय उपसभापति विकास केसीले विचार र परिवर्तनको लडाईमा नेविसंघले ठूलो योगदान पुयाएको स्मरण गरे ।

उनले जनता क्याम्पसमै अध्ययन गरेर गएकाहरू पार्टी र राजनीतिमा ठूलो ठाउँमा पुगेको र क्याम्पसको स्तरोन्नतिका निम्ति काम गरिरहेको बताए ।

‘म कुनै दल र कुनै संगठनलाई नराम्रो भन्न चाहन्न,’ केसीले भने, ‘राम्रो मध्येको पनि राम्रो नेतृत्वं नेविसंघले पाएको छ, सोही कारण नेविसंघलाई जिताउन सबै विद्यार्थीहरूमा आह्वान गर्दछु ।’

स्ववियु निर्वाचनमा नैविस र समाजवादी विद्यार्थी युनियनबाट सभापतिमा सहदेव काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् । उनी नेतृत्वको टिमलाई जिताउनुपर्ने आमन्त्रित अतिथिहरूले बताएका थिए ।

समाजवादी विद्यार्थी युनियनका केन्द्रिय नेता रामचन्द्र राई, केन्द्रिय उपाध्यक्ष सन्जय राई, नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराई, नेविसंघ जनता क्याम्पसका सचिव विनोद खड्का, स्ववियु सचिवका उम्मेदवार अर्जुन राई लगायतले बोलेका थिए भने सुमनबाबू बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।

Tags: जनता बहुमुखी क्याम्पसनेविसंघस्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
समाचार

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाचार

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.