विराटनगर : विराटनगर महानगरपालिकाका विभिन्न स्थानहरूबाट भन्सार छली गरेर नेपाल भित्र्याउँदै गरेको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
सीमावर्ती क्षेत्रहरूमा परिचालित प्रहरी गस्ती टोलीले भन्सार छलेर चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा विभिन्न प्रकारको कुर्था सुरुवाल, साडी, र मोटर्स पार्स, ग्याँसको पाईप, किटको कराई लगायतका सामानहरू बरामद गरेको हो ।
बरामद गरिएका करीब दुई लाख ५ हजार बराबरको सामान विराटनगर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post