Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धनकुटा नगरमा सुरु भयो सरसफाई अभियान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ४, २०७९
in समाचार
0
धनकुटा नगरमा सुरु भयो सरसफाई अभियान
76
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : धनकुटा नगरलाई सफा र सुन्दर बनाउन नगरक्षेत्रमा सरसफाई अभियान सुरु गरिएको छ ।

‘धनकुटा नगर सुन्दर, स्वच्छः समुन्नत सहर’ नारा लिएको नगरपालिकाले अभियान नै सञ्चालन गरेर नगरक्षेत्रको सरसफाई थालेको हो ।

अभियानको पहिलो दिन शनिबार पर्डेप नेपालसँगको सहकार्यमा बसपार्कसहित जिरोप्वाइन्ट, रमाइलो घुम्ती, परिचयमोड लगायत बजार तथा सडक क्षेत्रको सरसफाई गरिएको छ ।

सरसफाई अभियानको अगुवाई गर्दै नगर प्रमुख चिन्तन तामाङ आफै झाडु बोकेर सडक बढार्दै हिँडेका थिए ।

उनीसँगै प्रमुख जिल्ला अधिकारी लीला केसी, धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा, धनकुटा ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइराला, सशस्त्र प्रहरी प्रमुख डीएसपी दीपक बलामी, सल्लेरीस्थित नेपाली सेनाको भीमदल गणका गणपति सुमन थापा लगायत पनि सरसफाई अभियानमा कुचो बोकेर निस्किएका थिए ।

अब, नगरलाई थप सफा र सुन्दर बनाउन अभियानकै रुपमा सरसफाई गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । ‘विभिन्न संघसस्था, सुरक्षा निकाय, नगरबासी लगायत सबैसँग सहकार्य गरेर सरसफाई अभियान थालेका छौं,’ नगर प्रमुख तामाङले भने, ‘धनकुटा नगरलाई अझै सफा र सुन्दर बनाउँन यो अभियानलाई निरन्तरता दिन्छौं ।’

धनकुटा नगरपालिकाले केही साता सचेतनामूलक सरसफाई अभियान सञ्चालन गरेर जथाभावी फोहोर नगर्न आग्रह गर्ने र त्यसपछि पनि अटेर गरेर जथाभावी फोहोर गर्नेलाई कारबाही गर्ने तयारी गरेको छ ।

जथाभावी फोहोर गर्नेलाई पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गर्न सक्ने कानूनी व्यवस्था छ । चैत महिनाभर सचेतनामूलक सरसफाई अभियान सञ्चालन गरिने र अटेर गरेर जथाभावी फोहोर गर्नेलाई बैशाखबाट कानूनी कारबाही गरिने नगरपालिकाको वातावरण उपशाखा प्रमुख उपेन्द्र खनालले बताए ।

‘जथाभाबी फोहोर गर्नेलाई पाँच हजारदेखि ५० हजारसम्म जरिवाना गराउँन सक्ने कानूनी व्यवस्था भएपनि अहिलेसम्म त्यसमा कडाइ गरिएको थिएन, तर अब बैशाखबाट कडाइ गरिन्छ,’ खनालले भने ।

धनकुटा नगर, मुलुककै सफा सहरका रुपमा चिनिन्छ । २०७४ सालमा देशभरको सबैभन्दा सफा सहरका रुपमा धनकुटा नगरलाई सरकारले १० लाख नगदसहित पुरस्कृत गरेको थियो ।

धनकुटा नगरले हालसम्म नगर क्षेत्रका २ हजार ६ सय घरधुरीलाई फोहोर फाल्ने डस्टबिन वितरण गरेको छ । नगरका सार्वजनिक स्थानहरूमा पनि ९ सय ५० वटा डस्टबिन राखेर फोहोर संकलन गरी फोहोरमैला व्यवस्थापन केन्द्रमा लगेर फोहोर व्यवस्थापन गर्ने गरिएको छ ।

Tags: #धनकुटाचिन्तन तामाङसरसफाई
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    827 shares
    Share 331 Tweet 207
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.