धरान : प्रसिद्व कवि बैरागी काइँलालाई धरानमा अभिनन्दन गरिएको छ ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले बैरागी काइँला (तिलविक्रम नेम्वाङ) लाई अभिनन्दन गरेको छ । धरानको सैनिक भवनमा शनिबार अभिनन्दन गर्नुअघि उनलाई रथारोहणका साथ नगरपरिक्रमा गरियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपतिसमेत रहेका काइँलालाई कविता–काव्य एवम् याक्थुङ मुन्धुमको खोज–अन्वेषण तथा लेखन, सम्पादन, अनुवाद क्षेत्रमा दिएको अतुलनीय योगदान वापत नागरिक अभिनन्दन गरिएको प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष अध्यक्ष गणेश राईले बताए ।
काइँलालाई कोसी प्रदेश प्रमुख परशुराम खापुङले ताम्रपत्र, दोशल्ला ओढाएर अभिनन्दन गरेका थिए ।
यस्तै, गायक दीप श्रेष्ठलाई ताम्रपत्रसहित नगद ५० हजार रुपैयाँको प्रतिभा सम्मान र कवि सुदीप पाख्रिनलाई ताम्रपत्रसहित नगद एक लाख रुपैयाँको प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
Discussion about this post