धनकुटा : धनकुटाको धनकुटा नगरपालिका ९ स्थित तमोर नदीमा डुबेर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटा नगरपालिका ९ की ४५ वर्षीय मसिनि बिक रहेकी छन् । नदीमा लुगा धुने क्रममा चिप्लिएर लड्दा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा तत्काल खटिएको प्रहरी टोलीले मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
















Discussion about this post