झापा : झापाको विभिन्न स्थानहरूबाट भन्सार छली गरेर नेपाल भित्राउदै गरेको अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा ३ वटा बोरामा प्याक गरेको स्पोर्टस मोजा र २ बोरा जुत्ता लगायतका सामानहरु बरामद गरेको हो ।
बरामद गरिएका करिव ५ लाख ९६ हजार रुपैया बराबरको सामानहरू आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post