Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

भेडेटार नजिकै पाँचतारे होटलसहित टुरिस्ट भिलेज बनाउने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ८, २०७९
in भिजिट नेपाल, समाचार
0
भेडेटार नजिकै पाँचतारे होटलसहित टुरिस्ट भिलेज बनाउने तयारी

तस्वीर : लक्ष्मण थापा ।

133
SHARES
Share on FacebookShare on Twitter

धरान : पछिल्लो समय आर्थिक समस्याका कारण देशमा लगानी गर्न निकै समस्या हुँदै आएको छ । तर, उद्योगी व्यवसायीहरू भने लगानी प्रबद्र्धन गर्नका लागि छलफलमा जुटेका छन् ।

सुनसरी उद्योग वाणिज्य संघमा आयोजित ‘पर्यटनको सम्भावना, चुनौती एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत’ विषयक कार्यशाला गोष्ठीमा सहभागी उद्योगी एवम् व्यवसायीहरूले सुरक्षा, सरकारको व्यवसायिक नीति स्पष्ट नभएको बताएका छन् ।

धरान ४ स्थित भेडेटार नजिकै ६ अर्ब ४० करोड लगानीमा पाँचतारे होटलसहित टुरिस्ट भिलेज बनाउने तयारी गरिएको छ ।

सन् २०२६ सम्मा पाँचतारे होटलसहितको टुरिस्ट भिलेज सञ्चालन गर्ने लक्ष्यका साथ अहिले निर्माणको काम सुरु गरिएको धरानमा एक कार्यक्रम गरी जानकारी गराइएको छ ।

डिए इन्भेस्टमेन्ट प्रा.लि (डीएआई) को ५१ प्रतिशत लगानी र ४९ प्रतिशत हुन आउने २५ मिलियन अमेरिकी डलरको वैदेशिक लगानीमा टुरिस्ट भिलेज निर्माण बनाइन लागेको प्रालिका अध्यक्ष देवेन्द्र बजगाईँले जानकारी दिए ।

टुरिस्ट भिलेजमा लगानीका लागि १३ वटा वैदेशिक कम्पनी तयार भएको बजगाईँले बताए ।

पर्यटनका सम्भावना चुनौती एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत विषयक कार्यशाला गोष्ठीमा उनले लगानीकर्ता वर्ल्डवाइड होल्डिङ कम्पनीले एक्सटेसन अफ इन्टरेस्ट भनेर पत्र पठाइसकेको जानकारी दिए । उनका अनुसार लगानी बोर्डसग यसबारे काम अगाडि बढेको छ ।

लगानीकर्ता कम्पनीले विगत एक वर्षदेखि यहाँ आएर विभिन्न पटक अनुगमन गरेको र टुरिस्ट भिलेजको योजनालाई सफल पार्न काम भइरहेको बताए ।

उनका अनुसार स्थानीय उत्पादनमा जोड दिने, कृषि तालिम, प्रशिक्षण र बजार प्रवर्द्धन गर्ने, मल, बीउमा लगानी गर्ने, पानीको समस्याको दीगो समाधानका लागि स्रोत र स्थानीय माटो, हावा, पानी, नागरिकको तत्कालीन अवस्था र उत्थान गर्न सकिने सम्भावित विषयको रिपोर्ट प्राप्त भएको, ल्याण्डस्केपको काम सकिएको छ ।

क्यासिनोसहितको संरचना निर्माण गरी विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको यो परियोजनाको बिक्री समेत खुल्ला गरिने निर्माण कम्पनीको लक्ष्य रहेको बताइएको छ ।

छिमेकी मूलुक भारतका दुई राज्य बिहार र पश्चिम बङ्गालका ३० करोड जनसंख्यालाई प्राथमिक लक्ष्य राख्दै उक्त योजना ल्याइएको उनले बताए ।

पर्यटन क्षेत्रमा काम गरिरहेकाहरूको यस्तो धारणा

धरानको बिष्णुपादुकाबाट सञ्चालन हुने केबलकारको परियोजनाका विषयमा स्थानीय अजय राईले चाडैँ नै डिजिटल म्यापसँगै प्रस्तुति गरिने बताए ।

यस्तै, बराहक्षेत्रमा जलपर्यटनमा सक्रिय रहँदै आएका विमलमान श्रेष्ठले सुरक्षा चुनौतीलाई झेल्दै लामो समयदेखि सप्तकोसी नदीमा जेटबोट निरन्तर सञ्चालन गर्दै आएको बाए ।

कार्यक्रममा नेपाल एसोसिएसन र्याफ्टिङ्ग एजेन्सीका केन्द्रीय सदस्य तथा तमोर रिभर र्याफ्टिङ्गका सञ्चालक मदन ढकालले आँफूले सन् २००५ देखि सुरु गरिएको तमोर एडभेन्चर पूर्वका लागि पर्यटनको क्षेत्रमा लगानी गरिरहेको बताए ।

होटेल व्यवसायी महासंघ कोसी प्रदेशका महासचिव तथा सेछ होटल धरानका सञ्चालक बासु बरालले आँफूले लगानी गरेर एडभेन्चर

पार्क व्यावसाय सञ्चालन गरेको स्थानमा बाटोको असुविधाको कारण उक्त व्यवसाय धराशयी बनेको बताए ।

यस्तै, धरानमा हेलिकोप्टर सेवा सञ्चालन गर्ने धरान हेलिडोज प्रालिका प्रबन्ध निर्देशक अमृत मानन्धरले सेवा सञ्चालनको निमित्त एउटा हेलिपोटको अवधारणा ल्याउनुपर्ने बताए त्यस्तै, होटेल व्यावसायीहरूको तर्फबाट लोकेन्द्र श्रेष्ठले होटेल व्यावसाय पर्यटनसँग सम्बन्धित भएपनि अहिले बजारको अवस्था धराशयी रहेको बताए ।

पर्यटन प्रबद्र्धनका निम्ति टेवा

उक्त गोष्ठीमा धनकुटाको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दालीले ठूलो परियोजनाले स्थानीय पर्यटन प्रबद्र्धनका निम्ति टेवा पुग्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरान उपमहानगरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धरानलाई पर्यटन हब बनाउनको निमित्त सबै सरोकारवालासँग छलफल गरेर अगाडि बढ्नुपर्ने तर्क गरे ।

तराई र पहाडको स्थान जलमार्ग, हेलिकोप्टर केवुलकारको माध्यमबाट धरानलाई पर्यटकीय हब बनाउनुपर्ने उनले बताए ।

उवासंघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव महेन्द्र प्रधानले सञ्चालन गरेका थिए ।

 

Tags: #भिजिट नेपालभेडेटार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.