इटहरी : कोसी प्रदेशमा एमाले नेतृत्वको सरकारबाट नेकपा माओवादी केन्द्र तत्काल नबाहिरिने भएको छ ।
माओवादी केन्द्रले शुक्रवार पत्रकार सम्मेलन गर्दै तत्काल आँफूहरू नबाहिरिने बताएको हो ।
माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले शुक्रबार (आज) विराटनगरमा पत्रकार सम्मेलन गरी सरकारबाट आफ्ना मन्त्रीहरू तत्काल फिर्ता नहुने बताएका हुन् ।
उनले कोसी प्रदेशमा मध्यावधि चुनाव हुने हल्ला मात्रै भएको बताए । केन्द्रको गठबन्धनले कोसी प्रदेशको समीकरणको बारेमा सामान्य चासो र जानकारी लिएपनि ठोस निर्णय र निर्देशन नगरेकाले तत्काल आँफूहरू नबाहिरिने उनले बताए ।
‘अरु प्रदेशको सत्ताको समीकरणको अवस्था र हाम्रो प्रदेशको सत्ता समीकरणको अवस्थामा केही भिन्न अवस्था छ । अहिलेको सरकारलाई विस्थापित गरेर नयाँ सरकार सहजै आउने अवस्था पनि यो प्रदेशमा छैन,’ उनले भने ।














Discussion about this post