विराटनगर : कोसी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदक लिम्बू (लाजेहाङ)को परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई तत्काल राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
प्रदेश नामकरणको विरोधमा चैत ५ मा विराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएका लाजेहाङको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो।
यस्तै, मन्त्रिपरिषद् बैठकले घटना सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने निर्णय समेत गरेको छ ।
Discussion about this post