मोरङ : बारीमा उम्रिएको च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका ७ मा आज (सोमबार) एकै परिवारका तीनजना गम्भीर बिरामी परेका छन् ।
तरकारी बनाएर च्याउ खाएको केहीबेरमा ७० वर्षीय सन्तमान लिम्बू, छोरा ४० वर्षीय भीमबहादुर लिम्बू र बुहारी ३२ वर्षीया टंकरानी लिम्बू बिरामी परेका हुन्।
लिम्बू परिवारले आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएको पाइएको प्रहरीले जनाएको छ।
उनीहरूको विराटनगरस्थित नोबेल शिक्षण अस्पताल उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post