पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिका ५ मा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
शव सडेको अवस्थामा स्थानीय बासिन्दाले शव फेला पारेका हुन् ।
शव भेटिएको जानकारी प्रहरीलाई दिएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको प्रहरी टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएको छ ।
मृतकको कपडा र हाड उठाएर अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post