मोरङ : मोरङको रंगेली नगरपालिका २ र ३ स्थितबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत अररिया ठिङ्गापुरका २९ वर्षीय दीपक झा, अररिया हाँसाका ३० वर्षीय सिन्टुक कुमार सिंह, भारत कुटहराका २४ वर्षीय प्रविण पासवान, २४ वर्षीय बिष्णुकान्त मिश्र र रंगेली ३ का ४६ वर्षीय बीरबहादुर कार्की रहेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिबरियातीबाट गस्तिमा खटिएको प्रहरी टोलीले रंगेली २ स्थितमा शंकास्पद अवस्थामा हिँडिरहेका झा र सिंहले बोकेको झोला चेकजाँच गर्ने क्रममा एक सय ५० किलोग्राम गाँजा बरामद भएसँगै उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई अनुसन्धान गर्ने क्रममा रंगेली ३ का बीबहादुर कार्कीको घर पछाडि परालमा लुकाईछिपाई राखेको अवस्थामा ८४ किलोग्राम गाँजा बरामद भएसँगै संलग्न रहेका कार्की, पासवान र मिश्रलाई समेत पक्राउ गरेको हो ।
लागूऔषध गाँजासहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post