धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई सिलाम साक्मा लगाइदिएका छन् ।
मंगलबार भएको भेटमा उनले सिलाम सक्मा लगाइदिएका हुन् । दुवै जना स्वतन्त्र उठेर मेयरमा विजयी भएका थिए ।
लिम्बू भाषाको ‘सिलाम साक्मा’ शब्दले मृत्युको बाटो छेक्ने अर्थ हुन्छ । ‘सि’को अर्थ मृत्यु,‘लाम’को अर्थ बाटो र ‘साक्मा’ अर्थ रोक्नु भन्ने लाग्छ । यसर्थ मृत्युको बाटो रोक्नेका रूपमा सिलाम साक्मालाई लिइन्छ।
धरानमा खानेपानीका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरुलाई भेट गरेका उनले पानीका लागि बजेट दिन पनि माग गरेका छन् ।











Discussion about this post