मोरङ : मोरङमा अर्कैको नाममा एसईई परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
अनिवार्य विज्ञान विषयको परीक्षा दिने क्रममा बुधबार (आज) ग्रामथान गाउँपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट २८ वर्षीय सुस्मिता लिम्बूलाई पक्राउ गरेको हो ।
उनले कल्पना लिम्बूको परीक्षा दिइरहेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।
नरग्राम माध्यमिक विद्यालय टंकीसिनवरीकी परिक्षार्थी सिम्बल नं. ००९१२४९७ भएकी कल्पनाको परीक्षा दिइरहेको अवस्थामा धरान उपमहानगरपालिका वडा नं. ५ घर भएकी सुस्मिता लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए ।
पक्राउ परेकी लिम्बूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post