विराटनगर : विराटनगर महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गरेपछि कोसी प्रदेशका सांसद केदार कार्कीले आपत्ति जनाएका छन् ।
भारतको जोगबनीका व्यापारीसँग मिलेमतो गरेर महानगरले तर्साएको उनको आरोप छ ।
महानगरले व्यस्त बजार क्षेत्रको सडकमा पार्किङ निषेध गरेको छ । पार्किङ निषेध गरिएको बिषयमा व्यापारीहरू आन्दोलित बनेका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले लोकतन्त्रमा संवाद हुने तर सामन्त पारा नहुने बताएका हुन् । महानगरपालिकाले जनप्रतिनिधिको भन्दा मालिकको शैली अपनाएको कार्कीले आसय व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘लोकतन्त्रमा तर्साउने होइन । महानगर जनप्रतिनिधि हुने कि मालिक हुने ? व्यापारी तर्साएर बजार हुन सक्दैन । यो जोगबनीको व्यापारीसँग मिलेर विराटनगरका व्यापारी तर्साएको देखिन्छ ।’














Discussion about this post