विराटनगर : विराटनगर महानगरपालिकाले पार्किङ निषेध सम्बन्धी गरेको निर्णयबाट पछि नहट्ने भएको छ ।
पार्किङका लागि थप वैकल्पिकस्थल व्यवस्थापन गर्ने तर आफ्नो पूर्ववर्ती निर्णयलाई व्यवस्थित ढंगले कार्यान्वयन गर्ने बताइएको छ ।
यस विषयमा महानगरपालिकाले बिहीबार सरोकारवालासँग थप छलफल गरेको छ । महानगरका मेयर नागेश कोइरालाले बोलाएको छलफलमा वडाध्यक्षसहितका जनप्रतिनिधि उद्योगी, व्यवसायी र सरोकारवालाको उपस्थिति थियो ।
विराटनगरमा जलजलाचोकदेखि ट्राफिक चोक, शनिमन्दिर–कोसी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरेको छ ।
तर, यसबाट आफ्नो व्यापार व्यवसायमै असर गरेको भन्दै निरन्तर व्यापारीहरूले अवज्ञा गर्ने र बजार बन्दलगायत विरोधका कार्यक्रम गर्न सुरु गरेपछि महानगरले सर्वपक्षीय छलफल आयोजना गरेको हो ।














Discussion about this post