धरान : धरान १६ नौलोपथबाट सशस्त्र प्रहरीले भारी परिमाणमा लागूऔषध बरामद गरेको छ ।
प्रहरीले बुधबार राति सोही स्थानका राजेश परियारको साथबाट भारी परिमाणमा लागूऔषध बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख डिएसपी सुरज रिजालका अनुसार स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रामाडोल ७ सय १८ ट्याब्लेट, गाँजा ५० ग्राम र घरेलु हतियार बरामद गरिएको छ ।
पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको रिजालले जानकारी दिए ।
पक्राउ परेका परियारमाथि जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post