इटहरी : इटहरीमा नेपाली परम्परागत खाना महोत्सव हुने भएको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटल तथा लज व्यवसायी समिति इटहरीको संयुक्त आयोजनामा चैत २९ देखि बैशाख १० गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।
पर्यटन बोर्डको सहयोगमा हुन लागेको महोत्सवमा विभिन्न जातीय खानालाई प्राथमिकतामा राखिने जनाइएको छ ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथ दर्शकले चाहेको खानाका परिकारहरू रोजेर खान पाउने सुविधा मिलाइएको बताइएको छ ।
परापूर्वकालदेखि चलिआएको र पुस्तौंपुस्ताले अनुशरण गर्दै आएका खानेकुरा जीवनका लागि आवश्यक र परिवेश तथा पद्धति सुहाउँदो हुनुपर्छ भन्ने सन्देश महोत्सवले दिने बताइएको छ ।
विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै प्रचारप्रसार गराउनुपर्ने आवश्यतालाई महोत्सवले सहयोग पुर्याउने बताइएको छ ।












Discussion about this post