धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले देशविदेशबाट आर्थिक सहयोग र श्रमदानबाट दैनिक कोकाहाबाट धरानसम्मको करिब २७ किलोमिटरको लामो दूरीमा पाइप तान्ने काम भइरहेको छ ।
मेयर साम्पाङ्गको कोकाहा खानेपानी सहयोग अभियानमा सहयोग पु¥याउने अभिप्रायले सिल्भर इन्टरटेन्मेन्टको आयोजनामा गत चैत्र २५ गते शनिबार ‘च्यारिटी कन्सर्ट’ सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
धरानको वडा नं २० स्थित कोकाहा खोलाको पानीलाई छिमेकी नगर बराहक्षेत्र हुँदै धरान ल्याउन १४० एम.एमको २० फिटे पाइप करिब ४ हजार ५ सय वटा आवश्यक रहेको छ ।
अहिले आर्थिक सहयोग र श्रम सहयोगको क्रम चलिरहेको यो योजनाको लागि पाइप खरिदमै मात्र ३ करोड बढी खर्च हुने अनुमान गरिएको छ ।
सोही योजनाको लागि सहयोग जुटाउन आयोजित कन्सर्टमा नेपालका चर्चित गायक, गायिकाहरूले निःशुल्क गीत गाएका थिए ।
धरान १२ स्थित पब्लिक स्कुलको मैदानमा आयोजित कन्सर्टमा ठूलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।
कन्सर्टमा चर्चित गायक राजेश पायल राई, वरिष्ठ गायक दीप श्रेष्ठ, दीपक लिम्बू, प्रविशा अधिकारी, एकदेव लिम्बू, ल्लि फोम्बो एण्ड ब्याण्ड, द वाकिङ क्लाउड ब्याण्ड, रोहित मास्के लगायतले गीत गएका थिए ।
कन्सर्टमा मेयर साम्पाङले पनि गीत गाउँदा उत्साहको लहर छाएको थियो ।














Discussion about this post