उदयपुर : उदयपुरको अगल–अलग स्थानबाट लागूऔषध ओसारपसार गरेको आरोपमा प्रहरीले तीनजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध ओसारपसार नियन्त्रण सम्बन्धी अभियान अन्तर्गत प्रहरीले उनीहरूको साथबाट १० केजी गाँजा र ४८ एम्पुल लागूऔषध बरामद गरेको हो ।
लागूऔषध गाँजा बोकेर जाँदै गरेको बा ६७ प ३११४ नम्बरको मोटरसाइकलबाट कटारीतर्फ जाँदै गरेको अवस्थामा कटारी नगरपालिका १० तिल्केचौरबाट दुई युवा पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ताप्ली गाउँपालिका ४ का २८ वर्षीय काशीराज राई र २९ वर्षीय तेजबहादुर राई रहेका छन् ।
प्रहरी चौकी सोरुङछबिसेबाट खटेको टोलीले शंका लागेपछि छानविन गर्नेक्रममा सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
दुवैलाई इलाका प्रहरी कार्यालय कटारीस्थित अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको बताइएको छ ।
त्यसैगरी त्रियुगा नगरपालिका ३ मिलनचोकबाट लागूऔषधसहित प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
त्रियुगा नगरपालिका १० का २२ वर्षीय ‘समीर’ भनिने दीबहादुर मगरलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा बुप्रिनोर्फिन १६ एम्पुल, डाईजेपाम १६ एम्पुल र फेनार्गन १६ एम्पुल गरी गरी ४८ एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।












Discussion about this post