इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले दैनिक एक सयसम्म राहदानी बनाउने सेवाग्राहीलाई एकैदिनमा सेवा दिनसक्ने बताएको छ ।
विगत १८ महिनादेखि राहदानी बनाउने सेवाग्राहीलाई मिति र समय तोकिरहेको जिल्ला प्रशासन कार्यलयले अब दैनिक एक सय जनालाई भने मिति र समय नतोकिनै सेवा दिन सक्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारीअनुसार अब राहदानीको लागि सेवा सम्पर्कमा आएका सेवाग्राही कोही पनि बाँकी छैनन् ।
पालो र लाइन कुरेर सेवा लिने सबैलाई धन्यवाद दिँदै जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवा चुस्त र दुरुस्त दिन अाँफूहरू प्रतिबद्व रहेको जनाएको छ ।














Discussion about this post