Wednesday, April 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीको जनता क्याम्पसमा परीक्षार्थीलाई ट्वाइलेट जान रोकिएपछि…

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८०
in टाकुरा विशेष, समाचार
0
इटहरीको जनता क्याम्पसमा परीक्षार्थीलाई ट्वाइलेट जान रोकिएपछि…

जनता बहुमुखी क्याम्पस ।

158
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसमा सोमबार बि.ए र बिएड प्रथम वर्षको परीक्षा थियो ।

अंग्रेजी विषयको परीक्षा दिन आएकी सोही क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत रचना पुरीले आँफूमाथि शिक्षकबाटै अभद्र व्यवहार भएको आरोप लगाएकी छन् ।

पुरीले आँफूलाई चर्पी जानबाट रोकिएको र परीक्षा बीचमै छाड्न बाध्य बनाएको उनको आरोप छ ।

‘आज परीक्षा चल्दै गर्दा १ घण्टा ५० मिनेटको समयमा सर्ट ट्वाइलेटको लागि बाहिर गएको थिएँ,’ पुरीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म ट्वाइलेट नजिकै पुग्दा त्यहाँ २ जना सर र म्याम बस्नुभएको रहेछ र म ट्वाइलेट जानु अगाबै मलाई सरले नजिक बोलाउनु भयो र म्यामले मेरो तलासी लिनुभयो ।’

असहज भएपछि ट्वाइलेट जान खोज्दा जान नमिल्ने र जानै पर्ने भए कापी खोसेर राख्ने भन्दै शिक्षकहरूले अभद्र व्यवहार गरेको उनको भनाइ छ ।

उनले लेखेकी छन्, ‘अन्त्यमा मेरो साथमा केही नहुँदा मलाई सरले तँ ट्वाइलेट नगई नछाड्ने होस् भने तेरो कापी खोसेर राख्छौं, लेख्छु भन्ने लागेको छ भने ट्वाइलेट जान पाउँदिनस् यहीँबाट आफ्नो कक्षामा फर्की भन्नुभयो ।’

उनले आफूलाई गाह्रो भएकोले ट्वाइलेट जान दिन आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर कक्षामा फर्किएको र सहनै नसक्ने भएपछि २० मिनेटमै कापी बुझाएर ट्वाइलेट गएको बताइन् ।

उनले सामाजिक सञ्जालमा शिक्षक शिक्षिकाको नाम भने खुलाएकी छैनन् ।

‘एउटा विद्यार्थीलाई ट्वाइलेट जान नदिने नियम टियुले किन राख्यो?,’ उनको प्रश्न छ, ‘यस्तै हो भने हाम्रो देश को भविष्य के होला ? र कहाँ सम्म पुग्ला ?’

आँफू एक पात्र मात्रै भएको र परीक्षा दिने अधिकांश विद्यार्थीहरू सोही पीडामा परेको उनले बताइन् । आफ्नो गल्ती भए कारबाहीको भागीदार बन्न तयार भएको अन्यथा विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक, कर्मचारीमाथि कारबाही हुनुपर्ने उनको माग छ ।

यता, क्याम्पस प्रमुख प्रा.डा. गीता अधिकारीले विद्यार्थीले चिट बोकेर गएपछि चेक गरिएको बताइन् । ‘हामीले चिट खोसेको हो, चिट नहुनेलाई कसरी ट्वाइलेट नै जान रोक्नु?,’ उनले टाकुरासँग भनिन्, ‘चिट ट्वाइलेट लैजान नपाएपछिको आक्रोश हो ।’

आँफूहरूले कसैलाई दुव्र्यहार र अभद्र व्यवहार गर्न नमिल्ने र सबै परीक्षार्थी समान रहेको उनले बताइन् । ‘कसैलाई ट्वाइलेट जान दिने वा नदिने भन्ने हुँदैन,’ अधिकारीले भनिन्, ‘हाम्रो लागि सबै विद्यार्थी समान हुन् ।’

कक्षामा गार्ड बसेका अर्का एक शिक्षकले पनि ती विद्यार्थीको व्यवहार अमर्यादित रहेको विद्यालय प्रशासनको आरोप छ ।

Tags: #इटहरीजनता बहुमुखी क्याम्पसटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की
FEATURE BREAKING

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

विराटनगर : जथाभावी उत्खनन् गरी नदीजन्य सामग्री चोरी निकासी भइरहेको विषयमा समाचार संकलन गर्न ग्रामथान पुगेका मोरङका पत्रकारहरूलाई उत्खननकर्ताहरूले ज्यान मार्नेसम्मको...

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार
समाचार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८३
0

इटहरी : शिक्षा, भाषा र सनातन संस्कृतिको संरक्षणमा सक्रिय संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा...

खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३
विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

विद्यार्थी संगठन खारेज गर्ने निर्णयप्रति हर्क साम्पाङको असहमति

बैशाख १५, २०८३
इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

इटहरी–धरान सडकखण्डमा दुर्घटना बढेपछि तरहरामा लगाइयो ‘एकाहा पुराण’

बैशाख १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

मोरङमा गाउँपालिका अध्यक्षकै सामुन्ने पत्रकारलाई ज्यान मार्ने धम्की

बैशाख १६, २०८३
विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

विश्रान्तिधाम गुरुकुललाई २ लाख राशिको ‘सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल राष्ट्रिय शिक्षा संस्कृति’ पुरस्कार

बैशाख १६, २०८३
खुवालुङको विवाद चर्किएपछि तत्कालका लागि रोकियो

खुवालुङ क्षेत्रमा माङ्खीमसहित सांस्कृतिक संरचनाको शिलान्यास

बैशाख १६, २०८३
‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

‘तरहरा दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगिता–२०८३’ मा छानिए उत्कृष्ट १० कवि

बैशाख १६, २०८३

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1481 shares
    Share 592 Tweet 370
  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    646 shares
    Share 258 Tweet 162
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    468 shares
    Share 187 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    387 shares
    Share 155 Tweet 97
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    379 shares
    Share 152 Tweet 95

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.