मोरङ : मोरङको उर्लाबारी नगरपालिका ३ केर्खाली चोक स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय १९ वर्षीय विश्वास धिमालको घरमा लागूऔषध बेचबिखान भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उनको घरबाट २१ ग्राम ब्राउनसुगर फेला पारेको हो ।
बेचबिखानमा संलग्न धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर चाँगुनारायण नगरपालिका १ का २८ वर्षीय उपेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post