तरहरा : तरहरा जेसीजले इटहरीमा रहेको राधाकृष्ण प्रणामी मन्दिरका वृद्वाहरूलाई पौष्टिक आहार वितरण गरेर सम्मान गरेको छ ।
बिहीबार मातातीर्थ औँसीको अवसर पारेर जेसीजले वृद्वाहरूलाई पौष्टिक आहार वितरणसँगै सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
तरहरा जेसीज वर्ष २०२३ का अध्यक्ष बहादुर तामाङका अनुसार तीन दर्जन बढी वृद्वाहरूलाई पौष्टिक आहार, फलफूल, दूध खुवाएर मातातीर्थ औँसी मनाइएको हो ।
साथै, वृद्वाहरूमध्येकी जेष्ठ वृद्वा कृष्णा पराजुलीलाई सम्मान गरिएको छ ।
तरहरा जेसीजकी उपाध्यक्ष विनिता तामाङको संंयोजकत्वमा भएको कार्यक्रममा उपाध्यक्ष मदन बस्नेतले स्वागत मंतव्य राखेका थिए ।
कार्यक्रममा मन्दिरकी विधुशी माता विमला दाहाल र इटहरी २० का अर्जुन बस्नेतले शुभकामना मंतव्य राखेका थिए ।
Discussion about this post