इटहरी : सुनसरी जिल्लाका विभिन्न स्थानहरूबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा अवैध सामानहरू प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय दुहबी र अन्य कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरूबाट अवैध रूपमा भन्सार छली, चोरी, निकासी गरी ल्याउँदै गरेको विभिन्न प्रकारका कुर्ता सुरुवाल, लेङगा र साडी बरामद गरेको हो ।
बरामद गरिएका सामान अन्दाजी एक लाख ८८ हजार बराबरको रहेका छन् ।
बरामद भएका सामान आवश्यक कारबाहीको लागि कोसी ब्यारेज भन्सार कार्यालयमा बुझाइएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।














Discussion about this post