विराटनगर : विराटनगर महानगरपालिकाले बैशाख १५ गते शुक्रबार (आज) देखि खुल्ला रूपमा माछा, मासु बिक्री गर्न रोक लगाएको छ ।
विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानअन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र वध गर्न रोक लगाउन लागेको मेयर नागेश कोइरालाले बताए ।
स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकार भएकाले मासु व्यवसायलाई व्यवस्थित गर्न लागिएको मेयर कोइरालाले बताए ।
मानव स्वास्थ्य र महानगरको सौन्दर्यमा असर पर्नेगरी जथाभावी सञ्चालित मासु व्यवसायलाई व्यवस्थित गर्ने अभियानमा सहयोग गर्न उनले आग्रह गरे ।
विराटनगरका हाटबजारमा खाट र टेवलमाथि राखेर खुल्ला रूपमा मासु बिक्री गर्ने गरिँदै आएको छ । यस्तै, भुइँमा समेत प्लाष्टिक ओछ्याएर मासु बिक्री गर्ने गरिएको छ ।
अबदेखि यसरी खुल्ला रुपमा माछामासु बिक्री गर्नेलाई मासु जाँच ऐन–२०५५ अनुसार कारबाही हुने महानगरले जनाएको छ ।



















Discussion about this post