मोरङ : मोरङको कानेपोखरी गाउँपालिका २ मा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रदेश १–०२–००१ ख ८६८४ नम्बरको टिपरले मे ४ प ६८६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको रंगेली नगरपालिका ८ का ३५ वर्षीय सुरेश दाहाल रहेका छन् ।
ठक्करबाट घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिपर चालक इटहरी उपमहानगरपालिका १३ का ३४ वर्षीय फिलाराज सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post