विराटनगर : विराट हेल्थ केयर इन्डष्ट्रिज प्रालिले नयाँ उत्पादन सुरु गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका २ टंकिसनवारीमा रहेको इन्डष्ट्रिजले उच्च गुणस्तरको सेनेटरी प्याड बजारमा ल्याएको हो ।
‘ह्वाइट मुन’ नाम दिएको सेनेटरी प्याड विराट हेल्थ केयर इन्डष्ट्रिजले उत्पादन सुरू गरेको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
उच्च गुणस्तरको सेनेटरी प्याड संक्रमणरहित अत्याधुनिक उपकरणबाट उत्पादन हुने गरेको विराट हेल्थ केयर इन्डष्ट्रिजजका ब्राण्ड म्यानेजर दीक्षा थापाले बताइन् ।
‘हामीले उत्पादन गरेको यो सेनेटरी प्याड महिलाहरूको स्वास्थ्य र सुरक्षाको बलियो आधार भएकोले यो कार्यक्रमका लागी आजकै दिनलाई उपयुक्त मानेका छौं,’ उनले भनिन्, ‘काममा सुरक्षा र स्वास्थ्यको हिसाबले हेर्ने हो भने महिलाहरु अझै पनि जोखिममा रहेको अवस्था छ ।
प्रत्येक महिना महिलाले खेप्नुपर्ने महिनावारीले महिलाको स्वास्थ्यलाई जोडेको छ ।
कम्पनीले सेनेटरी प्याडको उत्पादनसँगै पहिलो चरणमा पूर्वी नेपालका विभिन्न ग्रामीण क्षेत्रका किशोरी तथा महिलाहरूलाई प्रजनन स्वास्थ्यका बारेमा शिक्षा प्रदान गर्ने, महिनावारीका बारेमा साक्षरता बढाउने र महिनावारीका बारेमा देखिने अन्धविश्वासलाई हटाउने प्रयास गरिने उनको विश्वास छ ।














Discussion about this post