उदयपुर : उदयपुरको चौदण्डिगढी नगरपालिका ९ मा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मदन भण्डारी लोकमार्गमा बा ४ ख ६३१२ नम्बरको हायसले ठक्कर दिँदा घाइते भएका पैदलयात्री चौदण्डिगढी ९ का ६० वर्षीय ललितकुमार पन्जियारको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न गाडी र चालक सप्तरी कन्चनरुप नगरपालिका १२ का रमेश पौडेललाई इलाका प्रहरी कार्यालय बेलटारले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।











Discussion about this post