झापा : झापाको मेचीनगर नगरपालिका ६ काली खोला स्थितबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको सामान प्रहरीले बरामद गरेको छ ।
बिहीबार (आज) बिहान ८ बजेतिर जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी गस्ती टोलीले अवैध रूपमा भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु बी ७३ ए.एन ४२६६ नम्बरको भारतीय ट्रकलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा भन्सार छली, चोरी, निकासी गरी नेपाल भित्र्याउँदै गरेको सामान बरामद गरिएको हो ।
प्रहरीले स्मार्ट मोबाइल ३५ थान, टायल्स, औषधि र रेडिमेट कपडा गम्छा ३ हजार ७ सय ८० पिस गरी अन्दाजी १० लाख ९० हजार बराबरको सामान बरामद गरेको हो ।
ट्रक चालक भारतीय नागरिक ३८ वर्षीय निरन्जन रायलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बरामद भएका सामान र पक्राउ परेका रायलाई आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काकडभिट्टा बुझाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।














Discussion about this post