सुन्दरहरैंचा : नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ इन्भाइरोमेन्ट फरेस्टी इकाई समितिले अन्तर कलेज स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको छ ।
शुक्रबार एक समारोहबीच कांग्रेस मोरङ क्षेत्र नं ६ का क्षेत्रीय सभापति देवराज तामाङले प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै सभापति तामाङले खेलले क्याम्पस क्याम्पससँगको आपसी भाइचारा कायम गर्न मद्दत पु¥याउन सफल हुने विश्वास व्यक्त गरे ।
उनले अनुशासनको पालनका साथ प्रतियोगिता सम्पन्न गर्न आग्रह समेत गरे ।
कार्यक्रममा कांग्रेस सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौलाले खेल मानव जीवनको महत्त्वपूर्ण पक्ष रहेकाले यसको व्यवहारिकतालाई नेविसंघले आयोजना गरेको प्रतियोगिता महत्वपूर्ण रहेको बताए ।
पूर्वाञ्चल विश्वविद्यालयको खेल मैदानमा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा नेपाली कांग्रेसका भातृ तथा सुवेच्छुक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
खेल क्षेत्रमा आएको बजेट विश्वविद्यालयको बन्द कोठाभित्रै सकिने इन्भाइरोमेन्ट फरेस्टी इकाई समितिका सभापति अमिर कार्कीले बताए ।
पूर्वाञ्चल विश्वविद्यालय अन्तरगत क्याम्पसका ८ टिम सहभागी प्रतियोगिता पहिलो खेलमा आयोजक टिम विजयी भएको भएको छ ।
ल क्याम्पसलाई सडन डेथमा पराजित गर्दै आयोजक विजयी भएको छ । प्रतियोगिता आगामी सोमबारसम्म सञ्चालन हुनेछ ।














Discussion about this post