इटहरी : इटहरी उपमहानगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ ।
वर्गीकरणको नतिजा प्रकाशन गरेसँगै उपमहानगरले जग्गाको कित्ताकाट खुलाएको हो ।
उपमहानगरपालिकाले स्थानीय राजपत्रमा नतिजा प्रकाशन गरेको हो । वर्गीकरणको नतिजा प्रकाशनसँगै इटहरीमा जग्गाको कित्ताकाँट खुलेको छ ।
भूउपयोग नियमावली २०७९ को नियम ५ को उपनियम (१) ले दिएको अधिकार प्रयोग गरेर इटहरी उपनगरपालिकाले गरेको जग्गाको वर्गीकरण गरेको हो ।
वर्गीकरणका लागि स्थानीय भूउपयोग परिषद् बनाइएको थियो । जसले कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, वन, सार्वजनिक, नदीखोला, साँस्कृतिक क्षेत्रमा जग्गाको वर्गीकरण गरेको छ ।
उपमहानगरपालिकाले प्रकाशन गरेको नतिजाअनुसार इटहरी नगर क्षेत्रभित्र आवासिय कित्ता ४१ हजार १५७ रहेका छन् ।
यस्तै, व्यवसायिक क्षेत्रका १७ हजार १६० वटा कित्ता छन् भने कृषिका जम्मा तीन हजार २८४ कित्ता रहेका छन् । औद्योगिक प्रयोजनका ३९२ कित्ता रहेका छन् ।
राजपत्र














Discussion about this post