इटहरी : इटहरीमा एक पुरुष मृत फेला परेका छन् । इटहरी ४ मा एक पुरुष मृत फेला परेका हुन् ।
ह्युम पाइप भित्र अन्दाजी ६० वर्षका ती पुरुष मानिस मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । मृतकको पहिचान नभएको बताइएको छ ।
मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीको भनाइ छ ।



















Discussion about this post