धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई नेपाल पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण पत्र बुझाएको छ ।
पत्रकार र सञ्चारमाध्यम लक्षित अमर्यादित, अशोभनीय र गालीगलौजपूर्ण भाषामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै महासंघ सुनसरीले आइतबार ध्यानाकर्षण पत्र बुझाएको हो ।
महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईको नेतृत्वमा केन्द्रीय सदस्य अमर खड्का, पूर्वकेन्द्रीय उपाध्यक्षद्धय हर्ष सुब्बा, किशोरकुमार कार्कीलगायत पत्रकारहरूको टोलीले मेयर साम्पाङलाई ध्यानाकर्षण गराएको हो ।
महासंघले पत्रकारहरूको सुरक्षा र पत्रकारिताको सम्बद्र्धन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति स्थानीय सरकारको प्रतिबद्धता तीन दिनभित्र सार्वजनिक गर्न पनि ध्यानाकर्षण गराएको छ ।
Discussion about this post