मोरङ : मोरङको उर्लाबारी नगरपालिका ४ भानुमार्गबाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार (आज) दिउँसो ११ बजेको समयमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका दुईजनालाई चेकजाँच गर्दा लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ८ का ४२ वर्षीय पुष्प दुलाल र रंगेली नगरपालिका ७ का ३७ वर्षीय पंकज राय रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई प्रतिबन्धित लागूऔषध ट्रामाडोल र स्पासपेन गरी २६ सय क्याप्सुलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।












Discussion about this post