इटहरी : वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति अब इटहरी उपमहानगरपालिकाबाटै लिन सक्ने भएको छ ।
इटहरी उपमहानगरपाालिकाले एक सूचना प्रकाशित गर्दै श्रम स्वीकृति लिन सकिने जनाएको हो ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले इटहरी उपमहानगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत आवेदन दिन सकिने उपमहानगरले जनाएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभर परिपत्र गरी बैशाख १ गतेबाट स्थानीय पालिकाको रोजगार सेवा केन्द्रबाटै श्रम स्वीकृति लिन सकिने बताएको थियो ।
सोही अनुसार इटहरी उपमहानगरपालिकाले पनि रोजगार सेवा केन्द्रबाट श्रम स्वीकृतिको काम सुरु गरेको बताइएको छ ।














Discussion about this post