धरान : धरान १५ स्थित बाँझगरा सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा जमिन मुनि गाडेको अवस्थामा सखुवाको गोलिया काठ फेला परेको छ ।
धरानको पाँचकन्या सव–डिभिजन वन कार्यालयले २८ वटा गोलिया बनाएको अवस्थाको १ सय ८४ क्यूविक फिट काठ बरामद गरेको हो ।
वन कार्यालयले एक्साभेटर प्रयोग गरी जमिनमुनिको काठ निकालेको थियो ।
विशेष सूचनाका आधारमा काठ फेला पारिएको डिभिजन वन कार्यालयका डिभिजन प्रमुख महेशकुमार साहले जानकारी दिए ।
मंगलबार बरामद काठको विषयमा उपभोक्ता समूहलाई पत्राचार गरी राय माग्ने काम भइसकेको उनले बताए । वन कार्यालयले यस विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ ।













Discussion about this post