विराटनगर : विराटनगर महानगरपालिका १५ स्थित ढाटबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री मेची नगरपालिका १ झापाका २९ वर्षीय आशिष सापकोटालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार चेकजाँच गर्ने क्रममा उनको साथबाट ८४ मिलिग्राम ब्राउनसुगर फेला परेसँगै पक्राउ गरिएको हो ।
पक्राउ परेका सापकोटाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले छ ।












Discussion about this post