मोरङ : मोटरसाइकल दुर्घटना हुँदा मोरङको रंगेली नगरपालिका ५ धनापट्टीमा बुधबार राति १ जना महिलाको मृत्यु भएको छ ।
मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनीलकुमार श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार रतुवामाई नगरपालिका ५ की ५० वर्षीया मानकीदेवी साहको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।
प्रहरीकाअनुसार मानकीदेवी आफ्नै छोरा २९ वर्षीय दिनेशकुमार साहले चलाएको मोटरसाइकलको पछाडि बसेकी थिइन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा आमाको मृत्यु भएपछि दिनेशलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post